मुगु । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै मुगुमा आइतबार दोस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार आयोजित कार्यक्रममा एमालेका नेता–कार्यकर्ताले विरोध ¥याली निकाल्दै जिल्ला प्रशासन कार्यालय मुगुमार्फत सरकारलाई ओलीको रिहाइको मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

पार्टी कार्यालयबाट सुरु भएको जुलुस न्यूरोड, महाकाली उच्च मावि, मिलनचोक, अदालतचोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । त्यहाँ ज्ञापनपत्र बुझाएपछि कार्यक्रम कृष्णाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Nepal Telecome

विरोध कार्यक्रममा एमाले मुगुका अध्यक्ष पूर्णबहादुर रोकाया, केन्द्रीय सदस्य दानसिंह परियारलगायत नेताहरूको सहभागिता रहेको थियो । उनीहरूले निमित्त प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रमार्फत सरकारसमक्ष ज्ञापनपत्र पेश गरेका थिए ।

ज्ञापनपत्र बुझेपछि निमित्त प्रमुख जिल्ला अधिकारी मिश्रले उक्त मागपत्र सम्बन्धित निकायसम्म पु¥याइने बताएका छन्।

विरोध प्रदर्शनलाई लक्षित गर्दै जिल्लामा कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र शस्त्र प्रहरी बल नेपालले कडा सुरक्षा व्यवस्था गरेका थिए ।