News Of Global शुक्रबार, साउन ३०, २०७७

काठमाडौं । जुगल गाउँपालिकाको वडा नम्बर २ को लिदीमा पहिरो गएको छ। लिदीको लामा टोलमा बस्तीमाथीबाट आएको पहिरोबाट १३ वटा घर पुरिएको र दर्जन बढी मानिस सम्पर्क बिहिन भएका छन्।

गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले बिहान साढे ६ बजेको समयमा पहिरो जाँदा उक्त घटना भएको जानकारी सेतोपाटीलाई दिएका छन्।

माथिबाट आएको पहिरो तल बलेफी खोलासम्म आइपुगेको छ। हामीलाई प्राप्त पछिल्लो जनाकारी अनुसार ५ परिवारका मानिसहरू बेपत्ता भएका छन् जसमा ३ परिवारका १३ जना बेपत्ता भएको सूचना हामीलाई छ। थप विवरण आउँदैछु, उनले भने।

पहिरोबाट २५ परिवार प्रभावित बनेको उनको भनाइ छ। हाल त्यहाँ उद्धारकार्य चलिरहेको उनको भनाइ छ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]