" /> माइक्रोसफ्टले एक्सप्लोरर बन्द गर्ने निर्णय – News of Global

News of Global आइतबार, भाद्र ०७, २०७७

कुनै समयको वेब ब्राउजरको एकछत्र राज गरेको इन्टरनेट एक्सप्लोरर बन्द हुने भएको छ । सन् २०२१ को अगष्ट २१ देखि इन्टरनेट एक्सप्लोरर औपचारिक रुपमा बन्द हुने माइक्रोसफ्टले जनाएको छ ।

एक ब्लग पोष्टमार्फत् माइक्रोसफ्ट टिम्सको वेब एपले आगामी नोभेम्बर ३० देखि नै इन्टरनेट एक्सप्लोरर सपोर्ट नगर्ने समेत जानकारी उसले दिएको छ । अन्य माइक्रोसफ्ट ३६५ एप तथा सर्भिसहरुले पनि आगामी वर्षदेखि उक्त ब्राउजरका लागि सपोर्ट बन्द गर्ने ब्लगपोष्टमा उल्लेख छ ।

माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररलाई माइक्रोसफ्ट एजबाट विस्थापन गराउनेछ । माइक्रोसफ्ट एज गुगलको क्रोमियम ओपन सोर्स सफ्टवेयरमा आधारित रहेको छ । सोही कारण माइक्रोसफ्ट एजमा एक्सप्लोररको तुलनामा धेरै फिचरहरु उपलब्ध छन् । यसका लागि क्रोमियम प्रयोग नभएका माइक्रोसफ्टका पुराना भर्सनहरु सन् २०२१ को मार्च ९ देखि अन्त्य गरिनेछ ।

इन्टरनेट एक्सप्लोरर तथा नन क्रोमियम ब्राउजर बन्द गर्ने योजना माइक्रोसफ्टले धेरै अगाडिदेखि नै अघि सारेको थियो । इन्टरनेट एक्सप्लोररको ८, ९ र १० औँ संस्करण सन् २०१६ मै बन्द गरिएको थियो । त्यसको एक वर्षअघि अर्थात् सन् २०१५ मा माइक्रोसफ्टले एज ब्राउजर ल्याएको थियो ।

हाल क्रोमियम ओपन सोर्स भएका ब्राउजरमा गुगल क्रोमसँगै माइक्रोसफ्ट एज, ब्रेभ, विवाल्डी, एभास्ट सेक्योर ब्राउजर तथा ओपेरा लगायतका ब्राउजहरु रहेका छन् । यसको अर्थ अब इन्टरनेट ब्राउजरमा कुन फिचर विकास गर्ने भन्ने कुराका लागि गुगलमै भर पर्नुपर्ने भएको छ ।

–एजेन्सी

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]