News Of Global शनिबार, बैशाख ०६, २०७७

काठमाडौं । नेपाल प्रहरीको सामाखुसीस्थित महालक्ष्मी पेट्रोल पम्पमा पानी मिसिएको पेट्रोल भेटिएको छ ।

पेट्रोलमा पानी मिसिएर आएको पाइए पछि छानबिन सुरु गरिएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोल वितरण गर्ने बेला पानी मिसिएको पाइए पछि अनुसन्धान थालिएको नेपाल आयल निगम थानकोट वितरण डिपो प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले जानकारी दिए ।

उनकाअनुसार पम्पमा शुक्रबार साँझ ८ हजार लिटर पेट्रोल हालिएको थियो । निगमको प्राविधिकसहितको टोलीले अहिले ४८ हजार लिटर क्षमताको पम्पको जाँच गरिरहेको उनले बताए । ग्राहकलाई पेट्रोलियम वितरण गर्नुपूर्व पम्पका कर्मचारीले जर्किनमा भरेको पेट्रोलमा पानी पाइएको थियो ।

पम्पमा पानी मिसिएको पेट्रोल पाइएकोबारे जानकारीमा आएको र निगमले छानबिन गरिहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अनलाइनखबरलाई बताए ।

‘एउटै ट्याकंरबाट तीन पम्पमा पेट्रोल वितरण गरिएको थियो तर अन्त समस्या छैन प्रहरीकोमा कसरी कैफियत देखियो, हामी छानबिन गर्दै छौँ, उनले भने ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]