काठमाडौं। सरकारले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको छ। आफ्नो चार बर्षे कार्यकाल सकाएका घिसिङलाई नै सरकारले अर्को चार बर्षका लागि पनि कार्यकारी निर्देशक बनाएको हो। मंगलवार बसेको मन्त्रीपरिषदको वैठकले घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो।

Nepal Telecome

घिसिङलाई कार्यकारी निर्देशक बनाउन देशव्यापी दवाव सिर्जना भएको थियो। नागरिकस्तरबाट उनलाई पुन नियुक्तीको दवाव परेको थियो । नागरिकस्तरको यहि दवावलाई मध्यनजर गर्दै उर्जामन्त्री बर्षमान पुनको प्रस्तावमा मन्त्रीपरिषदको वैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाएको हो।