तस्विर : सुजन तिमल्सिना
काठमाडौं महानगरपालिका वडा ८ मा रहेको विभिन्न ६ वटा फल्चाको एकैदिन समुद्घाटन गरिएको छ । कामपा ८ को दथुटोलमा रहेको पाचागणेश फल्चा, जयवागेश्वरी वैद्य फल्चा, जयवागेश्वरी मार सि नापित फल्चा, ढोका छें फल्चा, ताम्रेश्वर फल्चा र मठा फल्चाको पुनः निर्माण पश्चात् समुद्घाटन गरिएको हो । उक्त फल्चाहरूको काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, वडासदस्यहरू सरस्वती राज भण्डारी, राजलक्ष्मी भुसाल सहित स्थानीहरूले संयुक्त रूपमा पुजाआजा गरी समुद्घाटन गरेका हुन् ।