News Of Global शुक्रबार, भाद्र १२, २०७७

काठमाण्डौ – समाजसेवाको क्षेत्रमा विगत लामो देखी सक्रिय महिला हुन सोमा खत्री । विषेशतः महिला हिंसाका विरुद्ध अभियान चलायर पिंडकलाई कानुनी कार्वाहीको दायरामा ल्याएर पिंडितको उद्धारमा सक्रिय खत्री यतिवेला समुन्नत महिला मञ्चको अध्यक्ष समेत रहेकी छिन् ।

समाज सेवाको साथ साथै खत्रीले गीत संगीतको क्षेत्रमा पनि आफुलाई क्रियशील बनाएकी छिन् । खासगरी उनले गाउने गीतहरु चेतनामुलक नै रहने गर्दछ । महिला हिंसा विरुद्ध शसक्त मोर्चा बनाएर काम गर्ने सोमा खत्री र गायिका सविना श्रेष्ठ मिलेर यति वेला बुढासुब्बा म्युजिक प्रा.लि. मार्फत “बोकी संधै दुनियाँमा चेतनाको भारी” बोलको चेतनामुलक गीत सार्वजनिक गरेका छन्

।देवदत्त भट्टको शब्द रचना र सप्रेम सागरको संगीत रहेको उक्त गीतलाई दर्शकहरुले पनि मन पराएको दावी निर्माण पक्षले गरेको छ । भिडियोमा राष्ट्रिय सभाकी संसद एवं गायिका एवं संचारकर्मी कोमल वली, अधिवक्ता राजेन्द्र शर्मा, नेपाल प्रहरीका एसएसपि लोकेन्द्र श्रेष्ठ लगायतका व्यक्तित्वहरुको अभिनय रहेको छ भने विपिन भाटको सम्पादन र दिनेश अधिकारीको निर्देशन रहेको छ ।

 

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]