" /> अनिताले चुमिन् सर्वोत्कृष्ट पप मोडलको अवार्ड – News of Global

News of Global बिहिबार, माघ १५, २०७७

काठमाडौं । सातौं नेशनल क्यापिटल अवार्डमा उदीयमान मोडल अनिता गिरीले सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी छन् । उनले ‘लगन जु¥यो’ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी हुन् ।
म्यूजिक भिडियोको दुनियाँमा राज गर्दै गरेकी मोडल अनिता गिरीले चलचित्रमा समेत अभिनय गरिसकेकी छन् । दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी उनले अभिनय गरेको गीत लगन जु¥योबाट अवार्ड चुमिसकेपछि आफूलाई कामप्रति कर्तव्यबोध गराएका उनले बताइन् । अझै अभिनयको क्षमतामाथि चुनौति थपिएको बताउँदै उनले अवार्डले हौसला र प्रोत्साहन मिलेको बताइन् ।


उनले अभिनय गरेको गीतहरु माया सजाएर भर्खरै सार्वजनिक भएको छ । जुन गीतमा उनले एरिन तामाङसँग अभिनय गरेकी छन् । टीका बमजनको शब्द संगीत रहेको उक्त गीतमा जीवन तामाङ र मेचु धिमालले स्वर दिएका छन् । मुलुकभित्र हुने गरेका ब्यूटि प्याजेन्ट कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेकी मोडल अनिताले विज्ञापनहरुमा समेत अभिनय गरेकी छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]