काठमाडौँ – बरिष्ट गीतकार अम्बिका गुरुङको नयाँ गित ‘सार्टनको चोली’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ लोकप्रिय गितहरुमा आफ्ना कलात्मक शब्दहरुले करडौ नेपालीहरुको मन मुटुमा बस्न सफल बरिष्ट गीतकार अम्बिका गुरुङले नेपाली गित संगीतमा गरेको योगदान अतुलनिय रहेको छ। उनले एक पछि अर्को नयाँ नया म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा ल्याउने क्रम जारि छ।

Nepal Telecome

बरिष्ट गीतकार अम्बिका गुरुङ शब्द, गायक-संगीतकार शंकर थापा स्माइल र गायिका दिपा लामाको स्वरमा तथा शंकर थापा स्माइलको नै संगीत रहेको सार्बजनिक म्युजिक भिडियोलाइ नवराज उप्रेतीले छायांकन गरेका हुन् भने सुव्रतराज आचार्यले निर्देशन गरेका छन्। गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई देख्न सकिन्छ। भिडियो हेर्नुहोस :