काठमाडौँ – बालाजु माछापोखरी अबस्थित फर्ट्युन फार्मेसी द्वारा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ईन्ता अटायरको सहकार्यमा सम्पन्न भएको रक्तदान कार्यमा ५० जनाले रक्तदान गरेका थिए। फर्ट्युन फार्मेसीको प्रथम बार्षिकउत्सबमा आयोजना गरिएको कार्यक्रममा शहरी बिकाश राज्य मन्त्रि रामबिर मानन्धर प्रमुख अतिथि रहेका थिए।

कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रक्तबैंकमा रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा यस कार्यक्रम आयोजना गरिएको फेशन डिजाइनर ईन्ता श्रेष्ठले बताइन।

Nepal Telecome

फर्ट्युन फार्मेसीको प्रथम बार्षिकउत्सबको उपलक्ष्यमा फार्मेसीले एक महिना सम्मको लागि निशुल्क सुगर जाँच, थाईराईड जाँचमा ५०% छुट, दिर्घ रोगि तथा जेष्ठ नागरिकलाइ औषधि किन्दा बिसेष छुट, निशुल्क मास्क वितरण र अन्य रगत जाँचमा २०% छुटको ब्यबस्था समेत गरेको छ।