काठमाडौं । गीतकार चन्द्रकला प्रसाईं (रचना)को नयाँ गीत ‘मन खान्छ कटक्कै’ सार्वजनिक भएको छ । गीतकार प्रसाईको शब्द सिर्जनामा तयार भएको गीत ‘मन खान्छ कटक्कै’ लोकप्रिय गायिका शान्तिश्री परियार र राजन श्रेष्ठको स्वर रहेको छ । ‘मन खान्छ कटक्कै’ मा रिमेश थापाको सङ्गीत रहेको छ । गीतमा साहस शाक्यको सङ्गीत संयोजन एवं चन्द्र चौधरीको मिक्सिङ मास्टरिङ रहेको छ ।

‘मन खान्छ कटक्कै’ गीतको भिडियोमा सुधीर श्रेष्ठ र आयुष्मा कार्कीको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी केशवराज भट्टले गरेका छन् भने सन्तोष सुनारको छायाँकन रहेको छ । भिडियोमा सरिता प्रजापतिको श्रृंगार रहेको छ । भिडियोलाई सबिन कुमार तोलाङ्गीले निर्देशन गरेका हुन् भने प्रीतम पाण्डेको सम्पादन रहेको छ ।
सानैदेखि साहित्यमा रुचि भएकी गीतकार चन्द्रकला प्रसाईं (रचना) दुई दशकदेखि गीत कविता लेखनमा कलम चलाउँदै आएकी छन् ।
अहिलेसम्म उनका यो कस्तो माया, फूल जस्तो, जोडिएको हाम्रो नाता, तिम्रो मुटु मेरो मुटु जस्ता आदि गीतहरू रेकर्डिङ तथा प्रकाशित भइसकेको छन् । केहि गीतहरु रेकर्डिङ गरि एल्बम साथै गीतको पुस्तक प्रकाशनको तयारीमा छन् । उनका गीतहरुमा चर्चित तथा लोकप्रिय गायक÷गायिकाहरुले स्वर प्रदान गरेको छन् जस्मा आनन्द कार्की, प्रमोद खरेल, सीडी बिजय अधिकारी, रिता के.सी आदि एवम् मनोहर सुनाम, सरोज प्याकुरेल, रिमेश थापाले सङ्गीतबद्ध गरेका छन् । गीति क्षेत्रको माध्यमबाट भाषा साहित्यको योगदान गरेवापत विभिन्न सङ्घ संस्था समाजबाट सम्मानित भइसकेकी छन् । गीतकार प्रसाईं साहित्य सँगसँगै समाजसेवामा पनि निरन्तर अग्रसर छन् ।



