काठमाडौँ – सौन्दर्य प्रतियोगिता तथा फेसन सो हरु आयोजना गरेर आफ्नो छुट्टै पहिचान बनाएको संस्था युथ क्रियसन नेपालले कोभिड-१९ को समयमा ब्लडको कमि नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सौन्दर्य प्रतियोगिता तथा फेसन सो संगै सामाजिक कार्यहरुमा समेत हाट बढाउदै आएको संस्था द्वारा आयोजित मिस्टर एण्ड मिस वेष्ट मोडल अफ दि इयर-२०२० को प्रतिस्पर्धि संगै मोर बर्गर डेलिसियस फ्राई चिकेन टिम, ब्लड डोनर्स कमिटी ग्रेस इन्टरनेशनल लगायतको समन्वयमा कार्यक्रमलाइ भव्यताको साथमा सम्पन्न गरेको हो।

Nepal Telecome

कार्यक्रमका संयोजक तथा युथ क्रियसन नेपालका अध्यक्ष रबि लामा तामाङका अनुसार ४० जना व्यक्तिले रक्तदान गरेका थिए। भबिष्यमा पनि यस्तै सामाजिक कार्य गर्दै जाने र समाज परिबर्तन गर्न र युवावर्गलाइ उर्जाशील र जिम्मेवार बनाउदै लैजाने कुरा अध्यक्ष रबि लामा तामाङ बताउछन।