काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले आयोजना गर्दै आएको राष्ट्रिय लोकदोहोरी अवार्डको नवौं संस्करणको उत्कृष्ट पाँचभित्र पर्न सफल भएका स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक गरिएको छ । प्रतिष्ठानका केन्द्री अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघर जमलमा आयोजना गरिएको कार्यक्रममार्फत् दोहोरी गीतका विभिन्न २४ वटा विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ।
कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष एवं समन्वय समितिका परिकल्पनाकार प्राज्ञ दुर्गा रायमाझी, प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, केन्द्रीय उपाध्यक्ष एवं समन्वयका सल्लाहकार राजु ढकाल, केन्द्रीय महिला उपाध्यक्ष राधिका हमाल, केन्द्रीय महासचिव शिव हमाल, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, प्रस्तोता समाज नेपालका अध्यक्ष नरहरि प्रेमी, म्युजिक नेपाल लिमिटेडका प्रबन्ध निर्देशक उत्तम थापा, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ आयोजना हुने अवार्डअन्तर्गत लोकदोहोरी गायन, गीत, शब्द, लय, एरेन्ज, मिक्सिङ, मास्टरिङ, रेकर्डिस्ट, छायांकन, सम्पादन, अभिनय, नृत्य, निर्देशन, परम्परागत गीत तथा दोहोरी साँझलगायतका २४ विधामा उत्कृष्ट पाँच मनोनयन घोषणा गरिएको हो।
आयोजकका अनुसार मनोनयनमा परेका कलाकार, स्रष्टा तथा प्राविधिकहरू विगत दुई वर्ष (२०८० देखि२०८२सम्म) अवधिमा सार्वजनिक भएका सिर्जना तथा योगदानका आधारमा छनोट गरिएको हो। यस वर्ष पनि लोकदोहोरी क्षेत्रका चर्चित तथा नयाँ प्रतिभाबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
भदौ ६ गते काठमाडौंस्थित पुलिस क्लब, भृकुटीमण्डपमा आयोजना हुने समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेले बताए । नेपाली लोकदोहोरी संगीतको संरक्षण, प्रवर्द्धन र विकासमा विशेष योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई ८ वटा विभिन्न शीर्षकमा सम्मान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। जस अनुसार लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका वरिष्ठ गायक प्रजापति पराजुलीलाई सम्मान गरिने अवार्डका निर्णायक संयोजक दुर्गा रायमाझीले जानकारी दिए । त्यस्तै दशकको स्रष्टा सम्मानबाट लोकप्रिय गायिका देवी घर्ती, संस्थागत दोहोरी सम्मानबाट पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा र समन्वय समितिको तर्फबाट पीएन सापकोटालाई सम्मान गरिने रायमाझीले बताए ।

अवार्ड कार्यक्रमको मुख्य प्रायोजक गरिमा विकास बैंक रहेको छ भने लर्ड पार्टी प्यालेस प्रायोजकका रूपमा रहेको छ। प्रतिष्ठानको मातहतमा रहेका उपत्यका समन्वय समितिअन्तर्गतका १० वटै समितिको सक्रिय सहकार्यमा कार्यक्रम आयोजना हुँदैछ। प्रतिष्ठानले सार्वजनिक गरेको उत्कृष्ट पाँचको मनोनयनले लोकदोहोरी क्षेत्रमा नयाँ उत्साह थपेको भन्दै कलाकार तथा संगीतकर्मीहरूले यसलाई नेपाली लोकसंगीतको सम्मान र प्रवर्द्धनका लागि महत्वपूर्ण अभियानका रूपमा लिएका छन्। आयोजकका अनुसार निष्पक्ष मूल्याङ्कन प्रक्रियाबाट विजेता छनोट गरी भदौ ६ गते अवार्ड वितरण गरिनेछ।

Nepal Telecome

अवार्डको उत्कृष्ट पाँचभित्रको मनोनयन निम्नानुसार रहेको छ ।

१.सर्बाेत्कृष्ट लोक दोहोरी गायक
१.खेम सेन्चुरी – तल्लो बाटो
२.सागर आले – युके बस्ने दाइ
३.प्रकाश दुतराज = –छैन र माया
४.अर्जुन सापकोटा – झलिको
५.कुशल बेल्बासे – काँचो सुपारी

२.सर्बाेत्कृष्ट लोक दोहोरी गायिका
१.शन्ती श्री परियार – जुनेली रातै रातैमा
२.शान्ता रानी परियार – स्याउली बजारमा
३.दिपिका ब्यम्बो मगर – कस्मिरे पछेउरी
४.कालिका रोका – देउराली लाई फुलपाती धजा
५,निशा गुरुङ – युके लन्डनको

३.सर्बोत्कृष्ट लोक दोहोरी नबगायक
१.सितल गुरुङ – भागौला त्रिसुलि तरेर
२.किरण बिसि – गोर्खाली
३.रायन बस्याल – घामपानी छाता
४.सुरेश अन्जान – हिमाली फुल
५.अनिल पुन मगर – गुन्यो चोली

४.सर्बाेत्कृष्ट लोक दोहोरी नब गायिका
१.निर्मला देबि बस्नेत – तिम्लाइ पछेयौरी किन्दिउला
२.सिम्रन परियार – बैनिको कहाँ पर्यो घर
३.शन्ती शिरीष मगर – युके बस्ने दाइ
४.सिमा नेपाली – जय जय होस
५.गरिमा कार्की – अन्त नभने

५.सर्बाेत्कृष्ट लोक दोहोरी शब्द
१.नेत्र अर्याल – तल्लो बाटो
२.सन्तोष सापकोटा – झलिको
३.बिक्रम बाबू बिश्वकर्म – गण्डकी
४.सुरेश राना मगर – युके बस्ने दाइ
५.दिपक अधिकारी – म त तिम्रो होइन मायालु

६.सर्बोत्कृष्ट लोक दोहोरी लय
१.अर्जुन सापकोटा – झलिको
२.गोबिन्द पंगेनी – भागौला त्रिशुली तरेर
३.एचबीएन किस्मत – खोली सलल
४.नन्दु परियार – स्याउलि बजारमा
५.अशिम चन्द बिश्वकर्म – गण्डकी

७.सर्बाेत्कृष्ट लोक दोहोरी गीत
१.बिनोद बाजुराली – हियारै
२. सुदिप अधिकारी – घुमाउने घर पोखरामा
३. सुर्य खड्का – पचास तिरको
४. कोमल नेपाली – स्याउली बजारमा
५. खुशी गुरुङ – हङकङ को चिनो

८.सर्बाेत्कृष्ट लोक गीत
१. बाल कुमार श्रेष्ठ – जप्दै नाम आमा
२. घनश्याम रिजाल – साथी
३. शम्भु कुँवर – तिम्रो त यो दुनियाँ छ
४. सुरेश खत्री – ए आमा
५. दुर्गा माया गुरुङ – उहीँसँग दिल बस्यो हजुर

९.सर्बाेत्कृष्ट लोक दोहोरी गीत नायक नृत्य
१. लोमस शर्मा – गोर्खे खुकुरी
२. गोबिन्द पाहाडी – न्नजर तेतै छ
३. बबिन सिंह ठकुरी – गुन्यो चोलिमा
४. बिजय पुन – युके बस्ने दाइ
५. अनिल पौडेल – माया आउने बसमा

१०. सर्बाेत्कृष्ट लोक दोहोरी गीत नृत्उ नायिका
१. नारायणी खत्री – करिमै
२. चाहाना राना मगर – युके बस्ने दाइ
३. सन्जना गुरुङ – छुक छुके रेलैमा
४. एलिना रायमाझी – घुमाउने घर पोखरामा
५. प्रिति गुरुङ – नहेर टुलुटुलु

११.सर्बाेत्कृष्ट लोक दोहोरी गीत गीत नित्र्य निर्देशक
१. मौसम हिमाली – स्याउली बजारमा
२. एकेन्द्र सारा शंकर – गण्डकी
३. जेरी भणडारि – मानुङ कोटैमा
४. मुकेश नेपाली – गाउँ घरे माया
५. प्रशान्त मगर – दिलमै लाग्यो निशाना

१२.सर्बाेत्कृष्ट लोक दोहोरी गीत अभिनय नायक
१. बिमल अधिकारी – सम्झेर तिमिलाइ
२. बिक्रम बुढाथोकी – जति तिमी टाढा हुन्छौ
३. बिनोद भन्डारी – उजेली
४. ओबि रायमाझी – दुई किनार
५. कमल अर्याल – बाटै बन्द भो

१३.सर्बाेत्कृष्ट लोक दोहोरी गीत अभिनय नायिका
जुना गुरुङ – उजेली
जुना बिश्वकर्म – घागो चङ्गा
रेनुका खड्का – नरोए है डाको छोडी
यसु भट्टराई – बाटै बन्द भो
मन्जु खत्री – दिन लाई घाम रात लाई जुनको
१४.सर्बाेत्कृष्ट लोक दोहोरी गीत अभिनय निर्देशक
मौसम हिमाली – तल्लो बाटो
बिनोद भण्डारी – धागो चङ्गा
दिप गुरुङ – मेरि मुना
निशान बानिया – काचो सुपारी
सिर्जन बराल (ऋषि ) – बधाई छ ए बधाई
१५.सर्बाेत्कृष्ट लोक दोहोरी गीत एरेन्ज
कृष्ण केसि – छैन र माया
ज्दल किस्मत – झलिको
बिशाल निरौला – चोखो मायामा
आकाश नेपाली – शिरमा सिर बन्दी
खेम राज गौतम – बुटवल बजार

१६.सर्बाेत्कृष्ट लोक दोहोरी गीत मिक्सिङ मास्टरिङ
१. एचबीएन किस्मत – लालाजी
२. खड्क बाजुराली – तल्लो बाटो
३. आकाश नेपाली – बैनीको कहाँ पर्यो घर
४. बिनोद परियार – नमस्ते ढोग दिया
५. कृष्ण बाजुराली – माकुरीको जाल

१७. सर्बाेत्कृष्ट लोक दोहोरी गीत रेकर्डिष्ट
१. सुमन राना – पानी परेको
२. सागर बाजुराली – हियारै
३. डमर बिक – रहर ले होइन मायालु
४. राज खड्का – झलिको
५. रमेश खड्का – सान्नानी

१८.सर्बाेत्कृष्ट लोक दोहोरी गीत छायाँकन
१. बुद्ध थापा – युके बस्ने दाइ
२. अजय रेग्मी – नमस्ते ढोगदिया
३. प्रकाश खड्का – छुकछुके रेलैमा
४. दिपक गिरी – मानुङ कोटैमा
५. बिरेन्द परियार – गम्छा बानेर

१९.सर्बाेत्कृष्ट लोक दोहोरी गीत सम्पादक
१. मिलन बि.क – स्याउली बजारमा
२. राजकुमार मगर – खोली सलल
३. मनोज कार्की – कन्या राशी
४. अमृत चापागाईं– कस्मिरे पछेउरी
५. नवीन घर्ती – छैन र माया

२०.सर्बाेत्कृष्ट लोक दोहोरी परम्परागत गीत
१. ईश्वर सिंह – सुनिमाया पन्छे बाजा
२. मौसम गुरुङ – कान्छी कौडा
३. चिजा तामाङ – गोर्खाली ठाडो भाका
४. मिना लामा, सागर गुरुङ – सालैजो
५. सुशील भट्टराई – झिलिमिली तिहार

२१.सर्बाेत्कृष्ट लोक दोहोरी प्रतियोगी गायक
१. प्रितम पोख्रेल
२. निशान्त बिक
३. मानव रावत छेत्री
४. सचिन भट्टराई
५. सरोज सिमखडा
२२.सर्बाेत्कृष्ट लोक दोहोरी प्रतियोगी गायिका
१. सपना रोका
२. संगिना थापा मगर
३. जमुना बिक
४. खुस्बु सुनार
५. जमुना सुनार

२३.सर्बाेत्कृष्ट दोहोरी साँझ गायक
१. रामजी प्रसाद पौडेल
२. संगम गुरुङ
३. दर्पण यात्री
४. टेक बादुर छेत्री
५. बखन सिंह गुरुङ

२४.सर्बाेत्कृष्ट दोहोरी साँझ गायिका
१. बेलिमाया पुलामी
२. प्रतिभा सापकोटा
३. शान्ती कार्की
४. बिमला दुरा
५. सनम पुर्जा पुन
Photo: Badri Thapa