काठमाडौं। काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्य ३५ प्रतिशत सम्पन्न भएको छ।
महानगरपालिकाका अनुसार भवन निर्माणको काम निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको छ। अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि महानगरका प्रशासनिक सेवा एउटै परिसरबाट सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
निर्माण कार्यलाई तोकिएको समयमै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको महानगरले जनाएको छ। नयाँ भवन सञ्चालनमा आएपछि सेवाग्राहीले थप व्यवस्थित र प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास गरिएको छ।



