काठमाडौं । नागरिक बचाउ महाअभियान सुकुम्बासी समायोजन समितिले भूमिहीन सुकुम्बासीको अधिकार सुनिश्चित गर्न माग गर्दै बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

‘भूमिहीन सुकुम्बासीलाई पनि यो देशमा बाँच्न देऊ’ भन्ने नारासहित उनीहरूले सरकारसँग सुरक्षित आवास, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र सुकुम्बासी समस्याको दीर्घकालीन समाधानको माग गरेका थिए। प्रदर्शनमा सहभागीहरूले विभिन्न प्लेकार्डसहित आफ्नो आवाज उठाएका थिए।

Nepal Telecome