काठमाडौं । क्रोएसियाका कप्तान लुका मोड्रिचले पुरुष अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल खेल्ने कीर्तिमान बनाएका छन् । उनी यो उपलब्धि हासिल गर्ने क्रोएसियाका पहिलो तथा विश्व फुटबल इतिहासका चौथा खेलाडी बनेका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दा मोड्रिचले आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल खेलेका हुन् । सन् २००६ जुन १ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मोड्रिचले करिब दुई दशकको अन्तर्राष्ट्रिय करियरमा २९ गोल गरेका छन् र अझै पनि टोलीका प्रमुख खेलाडीका रूपमा सक्रिय छन् ।
अन्तर्राष्ट्रिय खेलको संख्यामा क्रिस्टियानो रोनाल्डो २३० खेलसहित शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा कुवेतका बादेर अल मतावा २०१ खेलसहित रहेका छन् भने लियोनल मेस्सीले पनि २०१ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । मोड्रिच २०० खेलसहित चौथो स्थानमा पुगेका छन् । उता, विश्वकपमा क्रोएसियाले पानामामाथि महत्वपूर्ण जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा वैकल्पिक खेलाडी ब्लतभ द्यगमष्mष्च ले गरेको एकमात्र गोल निर्णायक बन्यो ।
पहिलो खेलमा हार बेहोरेको क्रोएसियाका लागि यो जित महत्वपूर्ण रह्यो । पानामाले रक्षात्मक रूपमा अनुशासित प्रदर्शन गरे पनि प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा पराजित हुन पुग्यो । यस जितसँगै क्रोएसियाले प्रतियोगितामा पहिलो अंक जोडेको छ भने पानामाको समूह चरणबाट अघि बढ्ने सम्भावना कमजोर बनेको छ । एएनआई



