काठमाडौं । अविरल वर्षासँगै खसेका पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात अवरुद्ध भएको छ। केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
सडक खुलाउने काम जारी रहेको भन्दै आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न सम्बन्धित निकायले यात्रुलाई आग्रह गरेको छ।



