काठमाडौँ । गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ सँस्कारको विषयलाई उत्थान गरेको थियो ।’ बारपाक बिर चक्र भिसी गजे घलेको गाउँ हो। बारपाकमा घले र गुरुङको ठुलो बस्ति रहेको छ। लक डाउनको समयमा चलचित्रको स्क्रिप्ट तयार पारिएको छ। चलचित्रलाई खिल बहादुर गुरुङले निर्देशन गर्नेछन।

‘बारपाकी माया २’ मा बिसेष गरेर बारपाकको जन जीवन र त्यहाँको रहन सहनलाई बिसेष रुपमा समेटिने छ। करिब ८० लाखको बजेटमा निर्माण हुने चलचित्रको छायाँकन उत्तरी गोर्खाको बारपाक लगायत सिरानचोकको आरुबोट, झारगाउँ, अजिरकोटको भच्चेक सिरानडाडा जस्ता रमणीय स्थानहरुमा गरिनेछ।

Nepal Telecome

२०७२ सालको महाभुकप्म अघि बनेको चलचित्रले बारपाकी गाउँको सुन्दर दृश्यहरु कैद गरेको थियो महाभुकम्पले उक्त गाउँ तहस नहस भएको थियो अहिले पुनर्निर्माण पछि बनेको गाउँको दृश्यहरुलाई ‘बारपाकी माया २’ले समेट्ने छ। लक डाउनको समाप्ति संगै नेपाल सरकारले छायांकन गर्ने अनुमति दिना साथ छायाँकनमा जाने तयारीमा रहेको छ। गोरखा सिरान चोक एण्ड लिग लिग कोट फिल्म्स को ब्यानरमा बन्ने चलचित्रमा वीरबल घले, सुरज गुरुङ लक्ष्मी गुरुङ, तलिसा गुरुङ, बल बहादुर गुरुङको मुख्य भूमिका रहनेछ।