" /> उपत्यकामा ८२२ सहित २४ घण्टा १७०३ जनामा संक्रमण, २३ जनाको मृत्यु – News of Global

News of Global शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८२२ सहित १७०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ सय ३६ डिस्चार्ज हुँदा २३ जनाको मृत्यु भएको छ ।

उपत्यकामा ८२२ सहित शुक्रबार १७०३ जना थपिएसँगै संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ। देशभर अहिले १७ हजार २३७ जना कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार १७ हजार २३७ जना आइलोसनमा र ६०१ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा १२ सय ३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ। शुक्रबार कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४४३ पुरुष र ३७९ महिला गरेर २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ८२२ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या सात हजार ८६७ रहेको छ । अहिलेसम्म ७८ हजार १६२ जनाले कोरोना जितेका छन् भने ३४२ जनाको मृत्यु भएको छ ।

कुल संक्रमित सात हजार ७८९ रहेको भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेका छन् । सात हजार ९२ निको भएको भक्तपुरमा ८९ जनाको मृत्यु भएको छ । १२ हजार ९६२ संक्रमित रहेको भक्तपुरमा १५ सय ४६ जना सक्रिय संक्रमित छन् । ११ हजार ३१५ जना निको हुँदा १०३ जनाले ज्यान गुमाएका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]