काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवाको ठूलो स्याफ्रु, ब्राबल, ठूलो भर्खु र सानो भर्खु गाउँका बाढी पीडितलाई बौद्धिष्ट संस्थाहरूले करिब ३० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका छन्।

परमपूजनीय १७औं ग्याल्वा कर्मापा त्रिन्ले थाये दोर्जे गुरुको तीन संस्थाहरु Shar Minub Monastery, Karmapa Shamarnag Association र Shree Karma Raja Mahabir Sangha को संयुक्त आयोजनामा बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको हो।

Nepal Telecome

राहतमा खाद्यान्न, लत्ताकपडा, सोलार प्यानल, विद्युतीय सामग्री, औषधिलगायतका आधारभूत आवश्यकताका सामग्री वितरण गरिएको थियो।
तिब्बतको हिमाली क्षेत्रमा गएको हिमपहिरोका कारण आएको विनाशकारी बाढीले नेपाल–तिब्बत सीमा क्षेत्रसँगै रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति पुर्या्एको थियो। बाढीका कारण घरबारविहीन भएका तथा बाढी प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उक्त राहत उपलब्ध गराइएको हो।
नेपाल बाढी राहत सहायता कार्यक्रम अन्तर्गत प्रतिनिधित्व गर्दै Karmapa Shamarnag Association का अध्यक्ष खेन्पो तासी वोसेरको टोली राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको थियो।