काठमाडौं । नेपाली गीतसङ्गीत क्षेत्रमा मौलिक तथा भावनात्मक सिर्जनामार्फत दर्शकमाझ परिचित गायक तथा सर्जक बिरही कार्कीको नयाँ गीत ‘कहाँ छ आमा’ सार्वजनिक हुने भएको छ। ‘आमा भाग–६’ का रूपमा तयार पारिएको यस गीतको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले गायक कार्कीको जन्मदिन आगामी मंसिर ५ गते गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने जानकारी दिएको हो।

Nepal Telecome

गीतमा बिरही कार्कीकै शब्द, सङ्गीत तथा स्वर रहेको छ। गीतको एरेञ्ज बीबी अनुरागीले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्।
शान्ता कार्कीको निर्माणमा तयार भएको म्युजिक भिडियोको कथा तथा निर्देशन दीपेन्द्र तिमल्सिनाले गरेका छन्। भिडियोमा कलाकारहरू वसुन्धरा भुसाल, गौरव अर्याल, गौरव पहारी र लक्ष्मी तिमल्सिनासँगै बालकलाकार अनिश्का थापा र अंशुल श्रेष्ठको अभिनय रहेको छ।

भिडियोको छायाङ्कन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन, कलर तथा जीएफएक्स मनोज कार्कीले गरेका छन्। सहायक निर्देशनमा रमेश थापा रहेका छन्। मेकअप सञ्जिता ढकालले गरेकी छन् भने भिडियोको पोस्ट प्रोडक्सन माता मण्डली फिल्म्सले गरेको छ।
‘आमा’ शीर्षकसँग जोडिएको भावनात्मक कथावस्तु र प्रस्तुतिले दर्शक तथा श्रोताको मन छुने अपेक्षा निर्माण पक्षले गरेको छ। आमाप्रतिको माया, सम्झना र भावनालाई समेटिएको ‘कहाँ छ आमा’ मंसिर ५ गतेदेखि दर्शकमाझ आउनेछ।