काठमाडौं । नेपाल फेसन फेडरेशनका र नेपाल फेशन डिजाइनर एसोसिएशनका अध्यक्ष नवीन लुइटेलले अन्तर्राष्ट्रिय आदिवासी कला र फेसन पुरस्कार २०२० मा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्। फेसन डिजाइनर र सेन्ट्रल फेसन हबका संस्थापक नवीनले ‘फेशन इन्फ्लुएन्सर अफ द इयर’ अर्वाड प्राप्त गरेका हुन्।

Nepal Telecome

अक्टोबर २५ मा भएको उक्त अर्वाड कार्यक्रममा विभिन्न विधाका विजेता घोषणा गरिएको हो । भर्चुअल इभेन्ट मार्फत् गरिएको अर्वाड कार्यक्रममा विजेताहरुको नाम घोषणा गरिएको थियो। अर्वाड कार्यक्रमलाई भर्चुअल रुपमा इन्टरनेशनल इन्डिजिनियस फेसन वीक, आइआइएफडब्युको अफिसियल फेसबुक पेज मार्फत् लाइभ गरिएको थियो ।

लुइटेल आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको मिस ग्राण्ड नेपालको अफिसियल फेशन डिजाइनर पनि हुन्। नेपालको घरेलु परिवेशमा मात्र नभएर उनले सफलतापूर्वक आफ्नो डिजाइनिंग सीप र रचनात्मकता अन्तर्राष्ट्रिय प्लेटफार्महरूमा प्रदर्शन गरेका छन् ।

उनले इन्डोनेशियामा सम्पन्न एशियन फेसन वीक २०१४, मलेसियामा सम्पन्न इन्टरनेसनल आइपोह फेसन वीक २०१८ तथा भारतको मुम्बईमा सम्पन्न इन्डिया इन्टिमेट फेसन वीक २०१८ मा पनि आफ्नो फेसन डिजाइनिङ सृजनशीलतालाई सफलता पूर्वक विस्तारित गरिसकेका छन् ।