" /> बसन्तको शब्द र राजुको संगीतमा गंगाले ल्याइन् ‘न आशा भो तिम्रो’ – News of Global

News of Global बुधबार, मंसिर १०, २०७७

काठमाडौं । गीतकार बसन्त वित्यासी थापाको शब्द रहेको गीत ‘न आशा भो तिम्रो’ सार्वजनिक भएको छ । राजु सिंहको सङ्गीत निर्देशन, गंगा देवी महर्जनको स्वर र फणीन्द्र राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतकार वसन्त वित्यासी थापा र सङ्गीतकार राजु सिंहका सङ्गीतमा रहेका थुप्रै गीत लोकप्रिय रहेको छन् । यो जोडीका गीतलाई स्रोता/दर्शकले अत्यधिक मन पराएका छन् । यही जोडीको अर्को गीत ‘न आशा भो तिम्रो’ स्रोता/दर्शकमाझ आएको हो ।

अभिनव जोशीको निर्देशन रहेको ‘न आशा भो तिम्रो…’ गीतको भिडियोमा सुष्मा कार्की र राजिव जंग बस्नेतको अभिनय रहेको छ भने छायाँकन तथा सम्पादन मनोज रत्न शाहीको छ ।

नेपाल भाषाको साङ्गीतिक, भाषिक तथा पत्रकारिता क्षेत्रमा आफ्नो छाप छाडेकी गायिका गंगा महर्जनको स्वरमा सजिएको यो पहिलो नेपाली भाषाको गीत हो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]