" /> क्रिकेटर सन्दीप लामिछानेमा कोरोना संक्रमण पुष्टि – News of Global

News of Global शनिबार, मंसिर १३, २०७७

काठमाडौँ : युवा क्रिकेटर सन्दीप लामिछानेमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना भएको पुष्टि गरेका हुन् ।
‘मलाई आज कोभिड–१९ पोजेटिभ भएको थाहा भयो’, उनले शुक्रबार राति फेसबुकमा लेखेका छन्, ‘बुधबारदेखि शरीर दुखिरहेको थियो । तर अहिले हल्का सुधार भइरहेको छ ।’

सन्दीपले आफू ‘होम आइसोलेसन’मै रहेको र चाँडै मैदानमा उत्रने बताएका छन् । त्यस्तै उनले सबैको आफूलाई सबैको प्रार्थनाको खाँचो हुने बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीलाई बुधबारदेखि बन्द प्रशिक्षणमा बोलाएको थियो । उसले बन्द प्रशिक्षणमा राख्नु पहिले सबै खेलाडीको कोरोना परीक्षण गरेको थियो । जसमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहित पौडेललाई संक्रमण पुष्टि भएको थियो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]