" /> नेपालमा २९ हजार ५ सय ३ जना एचआईभी संक्रमित – News of Global

News of Global सोमबार, मंसिर १५, २०७७

काठमाडौँ । नेपालमा हालसम्म २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ ।

विश्व एड्स दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले यो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

संक्रमितमध्ये पुरुषको संख्या १७ हजार ५ सय ८७ र महिलाको संख्या ११ हजार ९ सय १६ रहेको छ । १५ देखि ४९ वर्षको उमेर समूहको जनसंख्यामा एचआईभीको व्याप्तता दर शुन्य दशमलव १३ प्रतिशत रहेको डा. देवकोटाले बताए ।

यस वर्ष मंगलबार (डिसेम्बर १) मा विश्वभर विश्व एड्स दिवस मनाइँदै छ । नेपालमा करिब ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट हुने गरेको पाइएको छ । एक वा सोभन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमणको दर ५ प्रतिशत भन्दा बढी भएको तर सामान्य जनसंख्यामा एचआईभी संक्रमण दर १ प्रतिशतभन्दा कम भएको निर्देशक डा. देवकोटाले बताए ।

तथ्याङ्क अनुसार वि.सं. २०७७ असार मसान्त सम्ममा नेपालको कुल एचआईभी संक्रमित मध्ये १९ हजार ४ सय जना अर्थात ६६ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन् । सन २०१० को तुलनामा सन २०१९ सम्मा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ । बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको पनि डा. देवकोटाले बताए । उनका अनुसार एड्सको कारणले मृत्यु हुनेको संख्या ८५ प्रतिशतले घटेको छ ।

एचआईभी संक्रमितहरुलाई ८० वटा एआरटी केन्द्रहरु र २० वटा एआरभी केन्द्रहरुबाट निःशुल्क औषधि वितरण भइरहेको पनि निर्देशक देवकोटाले बताए ।

यस वर्षपनि ३३ औं विश्व एड्स दिवस २०७७, भोली अर्थात डिसेम्बर १ मा विश्वभर मनाईदै छ । नेपालमा पनि ‘‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’’ नारा दिएर विश्व एड्स दिवस मनाइँदै छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]