" /> मौसम फेरिदै गर्दा कोरोनाको लहर – News of Global

दिपेश अधिकारी बिहिबार, चैत्र १२, २०७७

काठमाण्डौ। चीनबाट फैलिएको कोरोना भाइरस हाल विश्वभर फैलिएको देखियो। यसको असर नेपालमा पनि पर्यो। डाक्टरका अनुसार यसबाट धेरैले ज्यान गुमाएका पनि भनियो। अनि सरकारले गएको चैत महिनाको ११ गते देखि देशभर बन्द भनेर लकडाउन समेत गर्यो। त्यो बेला नेपालमा कतै एक दुई जनामा यो कोरोना भन्ने भाइरस देखिएको समाचारमा आएको थियो। त्यसै समाचारलाई ठूलो बनाएर कोरोना भाइरस अर्थात् अर्को नाम राखिएको नोवेल कोरोना भाइरस। सबैको दैनिक यसरी बित्न थाल्यो कि, कुन देशमा कति मरे, विश्वभर कोरोना सङ्क्रमण बाट मृ’त्यु हुनेको सङ्ख्या बढ्दै गयो। सबैलाई अब हामीपनि मरिन्छकी भन्ने पीरले सतायो। यसरी बित्दै गयो एक वर्ष बीचमा कोरोना सङ्क्रमण कम हुँदै गएको देखियो। तर फेरि त्यै समस्या दोहोरियो अहिले त झन् कोरोना विरुद्धको खोप अभियान पनि चलेको छ। तर पनि यो सङ्क्रमण किन रोकिएनरु अहिले सम्म कोरोना भाइरस विरुद्धको खोप ल्याउन सकेनन् भनौं या ल्याए भनौं। तर पनि कोरोना भाइरस जीवितै रहेको भनिएको छ। विश्वका ठूला देशमा पनि यो कोरोनाका कारण धेरैको ज्यान गएको देख्दा त साच्चै यो त ख’तरनाक भाइरस नै रहेछ भन्ने पनि लाग्छ। तर हो नै भन्न सकिएको छैन। अब हाम्रै देशको कुरा गरौं। कोरोना भाइरस नेपालीले नै नेपाल भित्र्याए भनियो। बाहिरी मुलुक बाट नेपाल आउँदा सँगै ल्याएर देशभर फैलियो भनेर सबैलाई सचेत रहन आग्रह गर्यो । नेपालमा पनि सबै ठप्प गरियो। तर कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गयो। रोकिने सम्भावना देखिएन। अनि देशले यस्तोे रूप लियो, जो दिनभर बालुवा चालेर, ईट्टा बोकेर, रेक्सा चलाएर, गिट्टी फोरेर आफ्नो सन्तानलाई एक छाक मिठो खुवाउन सक्ने भएका लाई डरले नै मारियो। गरीबलाई राहत बाँड्दै गर्दा सरकार पनि झनै कमजोर बन्यो र गरिबको राहत नै खोस्न खोज्यो। विभिन्न संस्थाले खुवाएका खाना समेत बन्द गराउन प्रहरी परिचालन गर्यो। सरकारसँग पैसा छैन अब हामीले केही गर्न सक्दैनौं भनेर गरिबका सपनालाई सपना नैं बनाइदियो। तर पनि मानव मन भएका हरुले सहयोग गर्न छाडेनन्। र आजसम्म यहाँ सम्म आयो। तर फेरि पनि त्यै दिन फर्कदै छ भन्छ सरकार। गरीबलाई डराउने बनाएर फेरि मार्न बाध्य बनाउँदै छ । तर के फेरि बन्द गर्दा कोरोना सङ्क्रमण समाप्त होला तरु भारतमा फेरि दोस्रो चरणको कोरोना सङ्क्रमण देखियो भनेर समाचार आइरहँदा नेपालका सरकारलाई भूकम्प आएको जस्तो लागेको छ । यसरी जनतालाई डर देखाउने काम गरेको छ भनेको पनि मानौं भिडभाड नगरौं तर कोरोना सङ्क्रमण भनेर, फेरि त्यै समस्या देखाएर जनतालाई डर पैदा नगरौं। जब देखि कोरोनाका बिरामी देखाउन सुरु गरियो तब देखि अन्य बिरामी सबै निको भएछन् सायद। यो समय भनेको हावा हुरीको समय हो। यो समय मौसम फेरिने समय हो। यो समयमा धेरैलाई रुघा खोकी, ज्वरो, आउने समयमा कोरोनाको नाम दिएर गरिबको जिवन झन ओझेलमा पर्ने निश्चित देखिएको छ । https://www.youtube.com/watch?v=J2FcI70bbDA&t=6s

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]