" /> विश्वव्यापी खुल्ला भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिताको उत्कृष्ट २५ कविताको सूची सार्वजनिक – News of Global
विश्वव्यापी खुल्ला भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिताको उत्कृष्ट २५ कविताको सूची सार्वजनिक

हेम सरिता पाठक फाउन्डेसनको आयोजनामा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता ! उत्कृष्ट पच्चीस सार्वजनिक !

News of Global मंगलबार, मंसिर २३, २०७७

काठमाडौं । हेम सरिता पाठक फाउन्डेसन, अमेरिकाले आयोजना गरेको विश्वव्यापी खुल्ला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको उत्कृष्ट पच्चीस कविताहरुको सूची सार्वजनिक गरेको छ ।

छ्नौट गरिएका पच्चीस कविताहरुमा जूनको उज्यालोमा अडिएको समय, खोक्रो परिवर्तन, भ्रष्टाचारको कुहिरोले ढाकेको देश, भ्रष्टाचारमुक्त न्यायालय, पर्खाइ, भ्रष्टाचारको बाटो, उज्यालोको खोजी, उसका प्रश्नहरु, सफा हातको भूगोल, स्वार्थ, तिमी कहिले घाम बन्छौ ?, देशको खबर, भ्रष्टाचारीको साबिती बयान, बालाई चिट्ठी, तरकारी, सर्पदङ्स, जुकाहरु, नक्सा, माफीनामा, हातहरु, बुढो सिमल,ऐना किनेको दिन, फासी दिने कानुन, भ्रष्टाचार विरुद्ध र पर्खाल पो रहेछ रहेका छन ।

प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले जारी गर्नु भएको प्रेस विज्ञप्ती अनुसार छनौट गरिएका उत्कृष्ट पच्चीस कविताहरुको दोस्रो चरणमा कविबाटै प्रत्यक्ष कविता वाचन गरेर एक कवितालाई अमेरिकी एक हजार डलर र सम्मान -पत्र प्रदान गरिने छ ।

भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको कविता प्रतियोगिताको लागि रचना आह्वान गरिएको र यस्तो प्रतियोगितालाई निरन्तरता दिइने सो सस्थाका सरक्षक हेम पाठकले बताउनु भएको छ ।

यसैगरी सस्थाका अध्यक्ष जेनी पाठकले प्रतियोगिताका लागि प्राप्त सबै कविताहरु उत्कृष्ट रहेको र सोमध्ये पनि निर्णायक समितिले सिफारिस गरेका उत्कृष्ट पच्चीस कविताहरुको पुस्तक प्रकाशन गरिने बताउनु भएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]