News Of Global मंगलबार, मंसिर २३, २०७७

काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेल दोस्रो बिहेको तयारीमा रहेको बताएका छन् । एपीवान टेलिभिजनको सोमबार राति प्रसारण हुने ‘तमसोमा ज्योतिर्गमय’ नामक कार्यक्रममा मनोजले सो खुलासा गरेका हुन् । तर, उनले कोसँग बिहे गर्दैछु भन्ने कुरा खुलाएनन् ।
‘चाँडै नै तपाईंहरुको शुभकामना, सुझाव, सल्लाहअनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु । हामी जोडिंदै छौं । अहिलेलाई यति मात्र भनौं,’ उनले भनेका छन् । गजुरेलले केही व्यक्तिगत कारणले महिलाको पृष्ठभूमिका बारेमा खुलाउन समय लाग्ने बताए ।

मिना ढकालसँग सम्बन्धबिच्छेद गरेको तीन वर्षपछि नयाँ घरजम गर्ने निर्णयमा पुगेका हुन् । उनी हालै मात्र कोरोना भाइरसबाट मुक्त भएका थिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]