" /> कोरोनाले २४ घण्टामा २१४ जनाको मृत्यु, संक्रमितको संख्या १ लाख ५ हजार नाघ्यो – News Of Global

News Of Global बिहिबार, बैशाख ३०, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४६६ पुगेको छ ।
यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
आजमात्रै देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो ।

पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]