News Of Global बिहिबार, मंसिर २५, २०७७

काठमाडौं । प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरी बहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले पाललाई काठमाडौं उपत्यकाको कमाण्ड गर्ने युनिट महानगरीय प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो । पाल प्रहरी प्रधान कार्यालयस्थित कार्य एवं अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।

मन्त्रिपरिषद्ले आजै नायव महानिरीक्षक (डिआईजी) बाट अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालयमा पदस्थापन गरेको छ ।

पोखरेललाई कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको मन्त्रिपरषद् स्रोतले जनाएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]