बुटवल – विश्व मानवअधिकार दिवशको अवसर पारेर राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, रुपन्देहीले बुटवलमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मावन जिवन रक्षाको लागि अति महत्वपूर्ण कुरा रगतको कमी भएर कुनै नागरिकले ज्यान गुमाउन नपरोस भन्ने मान्यतासहित रगत संकलनमा संस्थाको पनि भूमिका रहोस भन्ने मान्यता बोकेर सो कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष राजु बञ्जाडेले बतााउनु भयो ।

महामारीमा मानवअधिकारः स्वाश्थ्य सेवामा सबैको पहुँच विस्तार भन्ने नाराका साथ रक्त सञ्चार केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा ८१ युनि रगत संकलन भएको प्रतिष्ठानका सचिव कमल नेपालले जानकारी दिननु भयो । कार्यक्रममा सहभागी रक्तदाताहरुलाई कार्यक्रम संयोजक तथा प्रतिष्ठानका उपाध्यक्ष मेघ बहादुर अधिकारीले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

Nepal Telecome

कार्यक्रमको समापनमा धन्यवाद दिर्दै संयोजक अधिकारीले रक्तदानमा सहभागि सबैप्रीत आभार तथा रक्त संचार केन्द्रलााई धन्यवाद प्रकट गर्नु भएको थियो ।