काठमाडौं – युथ क्रियसन नेपालको आयोजनामा राजधानीमा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२०’सिजन-२ को बिजेता तथा उपविजेताहरुलाइ सर्टिफिकेट वितरण कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छन्। उक्त अबसरमा सर्टिफिकेट वितरण तथा केक काटेर विनर सेलेब्रेसन गरिएको थियो।

प्रमुख अतिथि सांस्कृतिक संस्थान जमलका महाप्रबन्धक अशोक प्यासी राइको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा संचारकर्मी सुर्य चन्द, इभेन्ट अर्गानाइजर धिरज तन्डुकार, मोडल दिपक घिमिरे, समाजसेवी निकिता पाण्डे, हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठी लगायतका अथितिहरु रहेका थिए ।

Nepal Telecome

युथ क्रियसन नेपालका अध्यक्ष तथा कार्यक्रम आयोजक रबि लामाले बोल्दै सम्पूर्ण प्रतिश्प्रधिहरुलाई बधाई तथा शुभकामना दिएका थिए भने आफ्नो तर्फ बाट हुने सबै सहयोग गर्ने बचन बद्दता प्रकट गरे।