" /> भ्रामक समाचारको पछि नलाग्न सांस्कृतिक मञ्चको आग्रह – News of Global

News of Global मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य स्वर्गीय कमानसिंह लामाको निधनपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम जोडेर प्रकाशित प्रशारित भएको भ्रामक सामाग्रीप्रति गोरखा—काठमाडौं जनसांस्कृतिक मञ्चले आपत्ति जनाएको छ ।

लामाको कोरोना भाइरस संक्रमणको कारण यही मंसिर २४ गते विहान उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

दुःखद्‌ घडीमा लामाको परिवारलाई जोडेर पार्टीका प्रवक्ता पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको चरित्र हत्या गर्ने षड्यन्त्रले गरिएको भ्रामक गतिविधिप्रति मञ्चले आपत्ति जनाएको हो ।

मञ्चका अध्यक्ष दीपसागर थापा र महासचिव सुमन पण्डितले शोक वक्तव्य जारी गर्दै लामाको परिवारमा पर्न गएको दुःखद्‌ घडीमा सान्त्वना दिनुको साटो गैरकानूनी रुपमा अमानवीय क्रियाकलाप गरेको बताए । मञ्चले पार्टीको राम्रा छवि भएका नेताको विरुद्धमा केही अराजक तत्वहरु मरेर पछि लागेको बताउँदै देशबासीहरुमा यस्ता भ्रामक समाचारहरुको पछि नलागी सत्य तथ्यको पछि लाग्न मञ्चले अनुरोध गरेको छ ।

यस्ता दोषारोपण कुरा गरी निष्ठावान नेताको छविमाथि आँच आउने काम भएकोमा यस्ता कार्यको घोर भर्त्सना गर्दै त्यस्ता अराजक तत्वहरुमाथि कारवाही गर्न उनीहरुले माग गरेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]