" />
दिपेश अधिकारी, गोरखा । सहिद लखन गाउँपालिका वडा नं. ९ नामजुङस्थित बुंकोट घाटमा रहेको नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले बनाएका भिमेश्वर मन्दिर (गुठी) लोप हुने अवस्थामा पुगेको छ । जीर्ण अवस्था बन्दै गरेको त्यस सत्तल अहिले असुरक्षित बन्दै गएको छ । त्यस गुठ्ठिमा कहिलेकहीँ पुजा गर्ने चलन रहेको छ । ऐतिहासिक रुपम रहेको यस सत्तलप्रति न स्थानीयको ध्यान पुगेको छ न गुठीयार काजीहरुको ध्यान पुगेको छ । चारैतिर ढुंगाले छापिएको यस सत्तलको गजुर, घन्टीहरु सबै चोरी भइसकेको अवस्थामा छ । सबैतिर जंगलै जंगलले घेरिँदै आएको यो भिमेश्वर मन्दिरको अब अस्तित्व मेटिने अवस्थामा रहेको छ ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाद्वारा निर्माण गरिएको यो ऐतिहासिक क्षेत्रको इतिहास अब मेटिने अवस्थामा पुग्दा पनि सम्बन्धित निकायको कुनै चासो देखिँदैन । स्थानीय सरकार मौन रहेको र आफ्नै राजनीतिक खिचातानीमा रहेका कारण ऐतिहासिक महत्व बोकेका भिमेश्वर मन्दिर लगायतका वरपरका ठाउँहरुको संरक्षण गर्न जरुरी रहेको देखिन्छ ।