" /> मिस नेपाल नम्रतालाई युरो किड्सको सम्मान – News of Global

News of Global शुक्रबार, पौष ०३, २०७७

काठमाडौं – काठमाडौं युरो स्कुलको प्रि स्कुल युरो किड्स, गोंगबु, बानियाँटारले मिस नेपाल नम्रता श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नम्रता युरो किड्स गोङबुकी शिक्षिका हुन् ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच नम्रतालाई प्रशंसा पत्र र नगद २५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरे ।नम्रताले हासिल गरेको उपलब्धीका लागि उनलाई सम्मान गरिएको युरो किड्सका निर्देशक प्रमोद पाण्डेले जनाएका छन् ।‘नम्रताले हासिल गरेको उपलब्धीले सिंगो विद्यालय परिवारलाई हर्षितका साथै गौरोवान्वित तुल्याएको छ । पुरस्कार रकम सानै भएपनि सफलताको कदर स्वरुप हामीले नम्रतालाई सम्मान गरेका हौं ।’ निर्देशक पाण्डेले भने । निर्देशक पाण्डले नम्रता एक असल, लगनशील, इमानदार र कर्तब्यनिष्ठ शिक्षिका भएको धारणा व्यक्त गर्दै नम्रताले विद्यालयमा गरेको कार्यको प्रशंसा गरे ।

नम्रताले युरो किड्समा करिब २ वर्ष सेवा गरेकी थिइन् । सम्मानित भएपछि नम्रताले सम्मानका लागि विद्यालय परिवारलाई धन्यवाद दिदै आगामी दिनमा पनि विद्यालयसंग कुनै न कुनै भूमिका जोडी रहने प्रतिबद्धता जनाइन् । मेयर अधिकारीले आफू पनि पहिले शिक्षण पेशमै संलग्न भएको स्मरण गर्दै शिक्षकमा पढाउने अलावा अन्य खुबी पनि हुन्छ भन्ने कुरा नम्रताले प्रमाणित गरेको विचार व्यक्त गरे ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]