" /> विष्णुको शब्द, सुरेशको संगीत र निशाको स्वरमा ‘यो कस्तो प्रेम’ – News Of Global
विष्णुको शब्द, सुरेशको संगीत र निशाको स्वरमा ‘यो कस्तो प्रेम’

गायिका निशा देसारको स्वरमा नयाँ गीत ‘यो कस्तो प्रेम’ सार्वजनिक

सविता पोखरेल बुधबार, पौष ०८, २०७७

काठमाडौं । नेपाली चर्चित गायिका निशा देसारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । विशेष गरी गजल गायन मार्फत चर्चामा आएकी निशाले यस पटक ‘यो कस्तो प्रेम’ बोलको गीत बजारमा ल्याएकी छन् । इन्जिनियर विष्णुप्रसाद पाण्डेको शब्द रचना र सुरेश गैरेको सङ्गीत रहेको उक्त गीतमा आफ्नो विश्वासिलो मायामाथि प्रेमीले धोका दिएपछिको अवस्थालाई उजागर गरिएको छ ।


वरिष्ठ संगीतकार गैरे सुरेश को संगीत र चर्चित गायीका निशा देशारको स्वरले गीतलाई जीवन्त बनाएको छ । अझ म्युजिक भिडियोको कथा ले रौनक थपिदिएको छ ।

गीतको भिडियोमा महेश वाग्ले, ममता अधिकारी र सोनिया जोशीले अभिनय गरेका छन् भने सुदिप पौडेलद्वारा निर्देशित भिडियोको सम्पादन सुवास अमगाइँले गरेका हुन् । सडक डिभिजन कार्यालय तनहुँमा कार्यरत गीतकार विष्णुप्रसाद पाण्डेको यो पहिलो गीत हो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]