" /> बेलायतमा नयाँ भाइरस देखिएपछि रोकियो नेपाली उडान – News of Global

News of Global बिहिबार, पौष ०९, २०७७

काठमाडौं । कोरोना भाइरसले विश्व आतंकि भइरहेको बेला पुनः नयाँ खालको भाइरस देखापरेको छ। बेलायतमा देखिएको यो भाइरसका कारण त्यहाँबाट नेपालमा हुने उडानमा रोक लगाइएको छ । घातक खालको भाइरस भित्रिने आशंकामा बेलायतबाट विभिन्न मुलुकलाई टार्गेट बनाएर नेपालमा हुने उडानमा अर्को सूचना नभएसम्मका लागि रोक लगाइएको हो । कोरोना महामारीका कारण विश्व नै अक्रान्त बनिरहेका बेला बेलायतमा देखापरेको भाइरसले झन् बढि असर पु¥याउने वैज्ञानिकहरुले बताएका छन् । बेलायतमा अहिले देखिएको भाइरस पुरानोभन्दा धेरै गुणा बढी घातक भएको पनि बैज्ञानिकहरुले दाबी गरेका छन् ।

नयाँ किसिमको भाइरस भएकाले बिभिन्न देशले बेलायत सँगको हवाई उडान समेत रोक लगाएका छन् । नयाँ किसिमको भाइरसबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै ४० भन्दा बढी देशले बेलायतसँगको यात्रामा अस्थायी रोक घोषणा गरेका छन् । भारतले पनि बेलायतसँगको उडानमा पुस १६ सम्मका लागि रोक लगाएको छ । बेलायतसँग नेपालको सिधा हवाइ उडान छैन । तर विभिन्न हवाइ सेवा कम्पनीले बेलायतबाट नेपालमा उडान गर्दै आएका छन् । त्यहि कारण नेपाल नागरिक उडान मंगलबार रातिदेखि बेलायतबाट विभिन्न मुलुक हुँदै नेपालमा हुने उडानमा रोक लगाएको छ। उडानमा प्रतिबन्ध लगाउनु एउटा सावधानी हो ।
बेलायतमा देखिएको यो भाइरस अब विश्वभर फैलने हो कि भन्ने चिन्ता बढेको छ । बेलायतसँग नजिक रहेको केहि देशहरुले नयाँ नीति बनाउन छलफल थालेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]