काठमाडौं । कोरोना भाइरसका कारणका कारण देशनै प्रभावित भएको बेला संक्रमणको आशंकामा जचाउन पुग्ने नागरिकलाई निजी अस्पताल परीक्षण नगरेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहले चर्को आलोचना गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले निजी अस्पतालले देखाएको रवैयाको बिहीबार एक ट्वीटमार्फत चर्को आलोचना गरेका छन् । शाहले भनेका छन्, ‘कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देशभित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेलापछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ ।’

Nepal Telecome

केही निजी अस्पतालले कोरोनाको आशंकामा परीक्षणमा पुगेका विरामीको जाँच नगरेको गुनासो आइरहेको बेला पूर्वराजाले यस्तो बताएका हुन् । शाहले यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्नेमा जोड दिएका छन् ।