" /> लवकुमारको लोकपप गीत ‘मनको ताराले’ सार्वजनिक – News of Global

News of Global आइतबार, माघ ०४, २०७७

काठमाडौं । लोकदोहोरी गायनमा आफूलाई स्थापित गरेका गायक लवकुमार भट्टको पछिल्लो लोकपप गीत बजारमा सार्वजनिक भएको छ । गीतकार सुमन बैरागी र गायक तथा संगीतकार लवकुमार भट्टको सहकार्यमा निर्माण भएको लोक पप गीत हो ‘मनको ताराले’ । डिपलभ क्रियशनबाट सार्वजनिक भएको यो गीतको शब्द सुमन बैरागीले लेखेका हुन् भने संगीत तथा स्वर लवकुमार भट्टको रहेको छ । महेशविक्रम पाण्डेको संगीत संयोजन रहेको यस गीतको स्टुडियो भिडियो सहित सार्वजनिक गरिएको हो । पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको अडियो मिक्सिङ महेशविक्रम पाण्डेले नै गरेका हुन् ।

यस गीतको भिडियोमा किबोर्डमा हिरा खनाल, मादलमा मोहन गोर्खाली, तबलामा राजु परियार र गिटारमा महेशविक्रम पाण्डेलाई देख्न सकिन्छ । यस भिडियोको निर्देशन गायक लवकुमार भट्टले नै गरेका छन् ।
विगत डेढ दशकभन्दा लामो समय गायन क्षेत्रमा क्रियाशील रहेका लवकुमार भट्ट पछिल्लो समय भने एकपछि अर्को गीत बजारमा ल्याउनमा व्यस्त रहेका छन् । उनका दुई दर्जनभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]