News Of Global मंगलबार, माघ १३, २०७७

काठमाडौं । गायक चिरन्जिवी भण्डारी र गायिका उषा मलाहाले ‘सर्वोत्कृष्ट पप गायक–गायिका’ को अवार्ड चुम्न सफल भएका छन् । सातौं नेशनल क्यापिटल अवार्ड–२०७७ को आइतबार नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा भण्डारीले बदमाश गीतबाट सर्बोत्कृष्ट पप गायक’को अवार्ड प्राप्त गरेका हुन् । भने उत्कृष्ट पप गायिका बन्न सफल उषाले ‘बाल मतलब’ बोलको गीतबाट अवार्ड चुमेकी हुन् ।

यस्तै क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायक गायिका बने । गायक परियारले मेरो भागको खुशी गीतबाट अवार्ड चुमेका थिए भने अन्जु पन्तले थोपा थोपा आँसुबाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी हुन् । त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई प्रदान गरिएको थियो ।

कार्यक्रममा पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने गायिका मन्जु पौडेल, गायक गणेश गुरुङ, राज सागर र प्रकाश गुरुङले सांगीतिक प्रस्तुति दिएका थिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]