" />
निर्माण युुनिटले नयाँ बर्षको अवसर पारेर फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । फष्टलुकको मोसन फोष्टर समेत तयार गरिएको छ । फिल्मकी एक महिला पात्रलाई केन्द्रमा राखेर तयार गरिएको पोष्टरले फिल्म प्रति
दर्शकको उत्सुकता जगाउन सफल छ । मर्सियल साउथ स्टाइलिस फिल्मको झल्को दिने यो फिल्म काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको हो ।
फिल्मका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । निर्र्देशक थापातथा छायांकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा चर्चित ब्यक्तित्व हुन् । फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार
लगायतको मुख्य भूमिका देख्न सकिन्छ । फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झाँ काठमाडौं फिल्मका फाउन्डर समेत हुन् । काठमाडौंका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायांकन भएको
फिल्मको पोष्टप्रोडक्सन मुम्बईमा भइरहेको छ । निर्माण युनिटको फिल्म बिसं २०८० भित्रमा रिलिज गर्ने योजना बनाएको छ । नेपाली सहित हिन्दी, तेलूगु,मलयालम र अंग्रेजी गरेर पाँच भाषामा फिल्म तयार हुने निर्माता चन्दन झाले बताए ।
फिल्मको ट्रेलर छिट्टै ल्याउने तयारी निर्माण युनिटको छ । फिल्मको ट्रेलर
नेपाली, हिन्दी र तमिल गरेर तीन भाषामा आउनेछ । फिल्म डब्बी एटमस साउन्डमा
तयार हुनेछ । नेपालमा ।