लक्ष्मीले उचालिन् ‘पपुलर पप गायिका अफ दि इयर’ को अवार्ड

सातौं नेशनल क्यापिटल अवार्ड २०७७ सम्पन्न

News Of Global मंगलबार, माघ १३, २०७७

काठमाडौं । सातौं नेशनल क्यापिटल अवार्ड २०७७ नेपाल पर्यटन बोर्डमा भएको सम्पन्न भएको छ । क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायक गायिका ठहरिए । गायक परियारले मेरो भागको खुशी गीतबाट अवार्ड चुमेका थिए भने अन्जु पन्तले थोपा थोपा आँसुबाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी हुन् । त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई अर्पण गरियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रियलाई पत्रकारिता रजत सम्मानबाट सम्मानित गरियो भने गीतकार युवराज अधिकारीलाई स्रष्टा सम्मान अर्पण गरियो । गायक छिरिङ भुटियालाई राष्ट्रिय संगीत सम्मान, संगीतकार सन्तोष श्रेष्ठलाई दशकको संगीत सम्मान, च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान, घनश्याम राज कर्णिकारलाई साहित्य सम्मान, पत्रकार दिनेश थापालाई पत्रकारिता पुरस्कार प्रदान गरियो ।


त्यस्तै लोकदोहोरी तर्फ गायक सञ्जय गुरुङ र गायिका सीता केसीले उत्कृष्ट गायक गायिका लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए । गायक गुरुङले लुकीलुकी गीतबाट अवार्ड चुमे भने गायिका केसीले भाग्यले नि ढाँट्यो गीतबाट अवार्ड चुम्न सफल भइन् । उत्कृष्ट लोकदोहोरी निर्देशक दीप गुरुङ बन्न सफल भए भने उत्कृष्ट कोरियोग्राफर कजिस श्रेष्ठ बन्न सफल भए । उत्कृष्ट लोकदोहोरी शब्द अमृत खातीले चुम्न सफल ।

सुगम संगीततर्फ उत्कृष्ट संगीतकार विकास चौधरी भए भने गीतकारतर्फ हरि उप्रेती उत्कृष्ट बन्न सफल भए । उनीहरुले वल्ली होइन पल्ली गीतबाट अवार्ड चुमेका हुन् । गौतम खाती र श्रेया दुलाल उत्कृष्ट म्यूजिक भिडियो मोडल सुगम संगीतर्फको अवार्ड चुम्न सफल भए भने एसके दाहाल र सोनाम गुरुङले उत्कृष्ट मोडल लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए ।

त्यसैगरी उत्कृष्ट पप गायक चिरञ्जीवी भण्डारी भए भने उत्कृष्ट पप गायिका उषा मलाहा बन्न सफल भइन् ।

उक्त समारोहमा गायिका लक्ष्मी पुरी प्रधानले पप विधा तर्फबाट ‘पपुलर अफ दि इयर’ को अवार्ड चुम्न सफल भइन् । उनले ‘सिट्ठी बजाउँछन्’ बोलको गीतबाट अवार्ड चुमेकी हुन् । भने पपुलर गायिका अफ दि इयर सुगम संगीततर्फ इन्दु बानियाँ उत्कृष्ट भइन् ।

कार्यक्रममा पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने गायिका मन्जु पौडेल, गायक गणेश गुरुङ, राज सागर र प्रकाश गुरुङले सांगीतिक प्रस्तुति दिएका थिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]