राम प्रसाद सुवेदी संगम
मलेसिया मार्च १८ तारिख। हृदय घातका कारण ज्यान गुमाएका नवीन कार्कीलाई काेराेनाे संङ्रमित भनेर झुटाे प्रचार गरिएकाे प्रति सुदुरपश्चिमेली नेपाली समाज मलेसिया जाेहाेर ले शाेक बिज्ञ्पती जारी गर्दै खेद प्रकट गरेकाे छ । सुदुरपश्चिमेली नेपाली समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष समेत रहेका कार्किकाे नाम जाेडेर केहि अनलाइन मिडियाहरुले कोरोनाका कारण दक्षिण कोरियामा मृत्यु भएकाे भनी भ्रामक समाचार सम्प्रेषण गरि सामाजिक सञ्जालमा भाइरल गराइकाे प्रती सुदुरपश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रीय समिति जोहोरले खेद प्रकट गरेकाे हाे । यर्थाथ नबुझी यस्ता समाचार सम्प्रेषण नगर्न सुदुरपश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रीय समिति जोहोरका अध्यक्ष राज बहादुर साउदले अनुरोध गरेका छन्।

Nepal Telecome

कार्कीको कोरोना भाइरस नभइ हृदय घातका कारण निधन भएकोले समस्त नेपालीहरुलाई भ्रमणमा नपर्न आग्रह गर्दै अन्तर्राष्ट्रिय सुदुर पश्चिमेली नेपाली समाज सँगै सुदुर पश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रीय समिति जोहोरले पनि कार्कीको निधन प्रति शोक विज्ञप्ती जारी गरेकाे छ ।

सुदुरपश्चिमेली नेपाली समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष नबिन कार्कीको बाँकेको कोहलपुर मेडिकल कलेजमा हृदय घातका कारण उपचार क्रममा निधन भएको छ। कैलाली लम्की नगरपालिका ६ स्थायी ठेगाना भएका कार्की १८ महिना अघि स्वदेश फर्कीएका थिए भने केही दिन अघि निधन भएकाे
सुदुरपश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रीय समिति जोहोरका अध्यक्ष राज बहादुर साउदले जानकारी दिए। राेजगारको सिलसिलामा दक्षिण कोरियामा रहदा त्यहा रहेका सुदुरपश्चिमबासिलाई समस्या पर्दा सक्रिय भएर उद्वार गर्दै आएका थिए ।

नबिन कार्कीकाे शुक्रबार छातीमा समस्या भए पछि उपचारको लागि बाँकेको कोहलपुर लगिएको थियाे। कार्की लाई आईसियुमा राखेर उपचार सुरु भएको लगभग दुई घण्टामा निधन भएको बताइएको छ ।कार्कीको परिवारमा १० दिने छाेरी,दुई छाेरा र श्रीमती रहेका छन् ।