" /> कोरोना उपचार कोषमा पूर्वराज ज्ञानेन्द्रको दुई करोड सहयोग – News Of Global

News Of Global मंगलबार, चैत्र १८, २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोन उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै हिमानी कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् । राजाको जारी सन्देशमा भनिएको छ ‘आपत–विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं । यस कार्यले पनि मुलुकप्रति केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं, ।’

राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सबै पक्षबाट भइरहेको कामको प्रशंसा गर्दै पूर्वराजा ज्ञानेन्द्रले यसलाई अझै प्रभावकारी बनाउन अपील गरेका छन् । साथै लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै सबैले यसको पालना गर्न अनुरोध समेत गरेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]