काठमडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् ।

प्रचण्ड–माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताइन् । ‘हो, हामी फर्कियौं,’ उनले भन्नि,’प्रचण्ड–माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’

Nepal Telecome

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङ दम्पती ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड–माधव समूहमा फर्किएका थिए ।

तामाङ चुनावमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले यसअघि केन्द्रीय सदस्य बनाएको छ ।