काठमाडौं । गीतकार अम्बिका गुरुङले भावसागर क्रियशनमार्फत् बालशिक्षा प्रदान गर्दै आएकी छिन् । नेपाली गीति लेखनमा आफ्नो दर्बिलो उपस्थिति जनाउँदै आएकी गीतकार गुरुङले दर्जनौं गीत सार्वजनिक गरिसकेकी छन् ।

नेपाली सांगीतिक आकासमा आफ्नो नाम सुनौलो अक्षरमा कोर्न सफल गीतकार अम्बिका गुरुङको शब्दमा नेपालका प्राय सम्पूर्ण लोकप्रिय गायक तथा संगीतकारहरुले सहकार्य गरिसकेका छन् ।उनी गीतकार, साहित्यकार मात्र नभएर एक बाल मानोबिज्ञ समेत हुन् । उनले लामो समय देखि बालबालिकाहरुलाई अध्यापन गराउने काम गर्दै आएकी उनले करिब २ दशक बालबालिकाहरुको सामिप्यमा रहेर उनीहरुको बाल मनोबिज्ञानलाइ नजिक बाट नियाल्दै बालबालिकाहरुको चौतर्फी बिकाशमा कसरि प्रेरणादायी भूमिका निर्बाह गर्न सकिन्छ भन्ने कुरामा दक्षता हासिल गरेकी बाल मनोबिज्ञ तथा गीतकार अम्बिका गुरुङले बालबालिकाहरुको लागि समेत गीतहरु कोर्दै र शैक्षिक परामर्श दिदैं आएकी छिन ।
https://www.youtube.com/channel/UCXjMxCwvw0wg_fMeIcG3Hfw

Nepal Telecome

लामो समयदेखि बालबालिकाहरु संगको सामिप्यतामा रहेर काम गरेको अनुभबले गर्दा गीतकार अम्बिका गुरुङले बालबालिकाहरुको लागिनै भनेर भावसागर क्रियसन युट्युब च्यानलको शुभारम्भ गरि उक्त च्यानलमा बालबालिकाहरुको लागि उनीहरुको मनोविज्ञानलाई ध्यानमा राखेर बालगित, बालसामग्री तथा बालबालिकाहरुको लागि शिक्षाप्रद बिषयबस्तुहरु भावसागर क्रियसन युट्युब च्यानल मार्फत प्रस्तुत गर्दै आएकी छिन् ।

अम्बिका गुरुङ भन्छिन भावसागर क्रियसन युट्युब च्यानल बिशुद्द बालबालिकाहरुको मनोरंजन र शिक्षाको लागि बनाईएको हुँदा उक्त च्यानलमा बालगित, बालशिक्षा तथा बालबालिकाहरुको मनोरंजनका सामग्रीहरु मात्र प्रस्तुत गरिने र बालबालिकाहरुको उज्जवल भबिष्य निर्माण गर्न सहयोग पुर्याउने योजना रहेको जानकारी गराउछिन । उक्त कार्यमा उनलाई संगीतकारद्वय राजन कार्की र प्रकाश लेप्चाले सहयोग तथा सहकार्य गर्दै आएको समेत बरिष्ट गीतकार अम्बिका गुरुङले जानकारी गराईन्।

सामाजिक कार्यमा समेत सक्रिय भूमिका निर्बाह गर्दै आएकी गीतकार गुरुङले सयौं अनाथ, असाहय, पिडित वर्गहरुलाई समेत सहयोग गर्दै आएकी छिन । लाखौं शुभचिन्तकहरुको प्रियपात्र बन्न सफल गीतकार अम्बिका गुरुङ नेपाली सुगम संगीत, बालगित, समाजसेवा, साहित्य क्षेत्रमा बिसेष रुचि राख्छिन । उनले बालबालिकाहरुको लागि अंग्रेजी गीतहरुको लागि समेत शब्द कोर्ने गर्छिन । आफ्ना बालबालिकाहरुको चौतर्फी बिकाश, बालशिक्षा, बालमानोरंजनको लागि भावसागर क्रियसन (Bhavsagar creations) युट्युब च्यानल सब्सक्राईब गरि दैनिक जानकारी समेत लिन सकिनेछ ।