News Of Global बुधबार, चैत्र १९, २०७६

मस्को । रसियन सैन्य जहाज मेडिकल उपकरण तथा मास्क सहित अमेरिकाका लागि उडेको छ । बुधबार सैन्य ढुवानी जहाज अमेरिकी सहायताका लागि उडेको रसियन टेलिभिजनले जनाएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई टेलिफोन गर्दै सहयोग गर्ने बताएका थिए । सोमबार पुटिन र ट्रम्प टेलिफोनमा कुरा गर्दै कोरोना भाइरसको महामारीविरुद्ध कसरी जुध्ने भन्नेबारे छलफल गरेका थिए ।

अमेरिकाका लागि उडेको जहाजको बन्दोबस्त रसियन रक्षा मन्त्रालयले गरेको हो । रसियन उच्च अधिकारीहरुका अनुसार अमेरिकाले रुसको सहयोग ‘कृतज्ञता साथ मानवीय सहायता स्वीकार गरेको’ प्रतिक्रिया दिएका छन् ।

रुसी टेलिभिजन ‘रोसिया २४’ले बुधबार बिहान रसियन सेनाको जहाजले सहयोग सामग्री लिएड उडेको भिडिओ सार्वजनिक गरेको थियो । हाल कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित देश अमेरिका बनेको छ । जहाँ १ लाख ८७ हजार संक्रमित भइसकेका छन् भने ३ हजार ९ सय जतिको मृत्यु भइसकेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]