काडमाडौँ । कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनको कारण दैनिक जीवन ठप्प परिरहेको अवस्थामा आफ्नो वडाभित्र बसोबास गर्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि काठमाडौँ महानगरपालिकाका वडा ७ ले राहत वितरण सम्पन्न गरेको छ । गत चैत्र २०, २१ र २२ तीन दिन लगाएर राहत वितरण कार्य सम्पन्न गरिएको हो ।

राहत वितरण कार्यलाई सहजीकरण गर्न कुमारीगाल टोल सुधार, सामुदायिक सेवा समाज, गौरीनगर सुधार समिति, चावहिल गणेशस्थान, चावहिल गंगाहिटी र सिफलमा वितरण क्षेत्र तोकिएको छ । जसअनुरुप कुमारीगाल टोलसुधार समाज अन्तर्गत सामादायिक सेवा समाज (मैजुवहाल, लाहुरेटोल, मैजुफाँट), गौरीनगर सुधार समिति अन्तर्गत उमाकुण्ड, गौरी नगरफाँट, चावहिल पिपलबोट भन्दा मुनि क्षेत्र), चावहिल गणेशस्थान अन्तर्गत (चुच्चेपाटी, चावहिल बजार, मित्रपार्क, गणेशस्थान आसपास, चावहिल गंगाहिटी चोक (बुलबुले–विनायकटोल, गोपीकृष्ण शान्ति गोरेटो), सिफल अन्तर्गत (हिमायन विद्या मन्दिर आसपास, पनेकुटोल, गुरुङटोल, सिफल पानी ट्यांकी) लगायत क्षेत्रहरूबाट राहत वितरण गरिएको वडा सदस्य वडा सदस्य कृष्णप्रसाद घिमिरेले बताए ।

Nepal Telecome

स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन एवं संघसंस्था प्रतिनिधिको सहभागितामा लक्षित वर्ग पहिचान गरी हालसम्म वडाभरका १७०० भन्दा बढी परिवारलाई राहतस्वरुप चामल, दाल, नुन–तेल लगायत खाद्यान्न प्याकेट राहत सामग्री वितरण गरिएको गरेको वडाअध्यक्ष शुद्धकुमार डंगोलले जानकारी दिए ।