" /> म्यानमारको झडपमा ठूलो मानवीय क्षति – News of Global

News of Global आइतबार, चैत्र १५, २०७७

एजेन्सी । म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ठूलो मानवीय क्षति भएको छ ।

बीबीसीकाअनुसार शनिबार ‘आर्मड फोर्सज डे’ को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर मृतकको संख्या यकिन हुन सकेको छैन ।


त्यसअघि सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै लोकतन्त्रको रक्षा गर्ने र देशमा चुनाव गराउने बताएका छन् । तर चुनाव कहिले हुन्छ भन्ने खुलाएनन् ।

सेनाले फेब्रुअरीमा शासन सत्ता हातमा लिएको थियो । त्यसयता भएका विरोध प्रदर्शनमा ३२० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]