" />
काठमाडौं । बुधबार राति काठमाडौं उपत्यकाका अधिकांश ठाउँ बिजुली गयो। तीमध्ये केही ठाउँमा राति नै बत्ती आयो, केहीमा बिहीबार बिहानसम्म पनि आएको छैन। बुधबार साँझदेखि परेको पानीले हप्ता दिनदेखि बढेको वायु प्रदुषण घट्ने भयो भनेर काठमाडौंवासी दंग परे। पानी पर्न थालेको एकछिनपछि भने बत्ती झ्याप्प गयो। धेरै जना अन्धकारमा बस्नु पर्यो। नेपाल विद्युत प्राधिकरणले लामो समयपछि परेको पानीले वितरण प्रणालीमा समस्या भएकाले बत्ती गएको जनाएको छ। उनले पानीका कारण सानातिना समस्या आएकाले बिजुली अवरोध भए पनि प्रणालीमा ठूलो समस्या भने नरहेको बताए। कति ठाउँमा तारमा क्र्याक भएको छ। कति ठाउँमा केबल हेड नै गएको छ। लामो समयपछि पानी परेकाले यस्तो भएको हो,’ प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भने,‘हाम्रा प्राविधिकहरू रातिदेखि नै काम गरिरहनुभएको छ। कति ठाउँमा बिजुली सुचारू भइसक्यो। बाँकी ठाउँमा पनि छिट्टै बिजुली आउँछ।’